२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

जलहरी प्रकरण संसदको रेकर्डबाट हटाउनु गलत : शेखर कोइराला

46 Shares
Spread the love

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्तारुढ नेकपा माओवादीका सांसद लेखनाथ दाहालले बोलेको पशुपतिनाथको जलहरी प्रकरण संसदको रेकर्डबाट हटाएकोमा असन्तुष्टि जनाएका छन्।

सत्तापक्ष र विपक्षी दलको सहमतिमा संसद्‌बाट सांसदको अभिव्यक्ति हटाएर विगतका अनियमितता ढाक्न नसकिने उनले बताएका छन्।

‘संसद्मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमितता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरूप कार्य गर्ने ।’ कस्तो विडम्बना उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्ने भन्दै नेता कोइरालाले प्रश्न गरेका छन्, ‘हामी सांसदको गरिमालाई कता लैजाँदैछौं। के हाम्रो संसद्ले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो।’

कोइरालाले यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छ भन्ने कुरा नबिर्सन चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया