२०८२, २० चैत्र शुक्रबार
×

ट्रेन्डिङ

रास्वपाको बैठक निर्णयबिहीन, आइतबार फेरि बस्ने

1330 Shares
Spread the love

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज निर्णयविहीन टुंगिएको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आकस्मिक रुपमा बसेको बैठक आइतबार पुनः बस्ने गरी सकिएको छ।

पार्टीका सभापति रवि लामिछानेले नागरिकता खारेजसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएपछि रास्वपाले आफूले गृह मन्त्रालय नै पाउनुपर्ने अडान राखेको थियो।

बिहीवार बैठकले गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिएको थियो। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका छन्। सोही विषयमा निर्णय लिन बैठक बोलाइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले भोलि फेरि बस्ने गरी बैठक सकिएको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनले आइतबार बिहान साँढे ११ बजे अर्को बैठक बसेर आवश्यक निर्णय गर्ने बताए।

आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा गठबन्धनको अवस्थाको विषयमा छलफल भएको छ।

प्रतिक्रिया