२०८०, ९ आश्विन मंगलवार
×

ट्रेन्डिङ

देशमा सांसद र मन्त्रीको कारखाना मात्रै खोलियोः चित्रहादुर केसी

1679 Shares

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो लागेको बताएका छन्। प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भएका कारखाना बन्द गरेर मन्त्री र सांसदहरूको संख्या बढेपछि देशको अर्थतन्त्र बिग्रिएको बताए।

 

‘संघीय लोकतान्त्रिक व्यवस्थापछि देश स्वीटजरल्याण्ड हुन्छ भनेर संविधान बनाउँदाको बखत पानी खाँदै वकालत गरेको सुनेको थिए। भयो त त्यस्तो ?,’ उनले भने, ‘ देशमा उद्योग कलकारखाना खोल्नु नपर्ने, भएका उद्योग कलकारखाना निजीकरण गर्ने, कारखाना संघीय प्रणालीअनुसार खोलिएको भनेको मन्त्री र सांसदहरूको।’

 

देशमा मन्त्री र सांसदहरू धेरै हुँदा अर्थतन्त्रले नधान्ने भन्दै उनले अब संघीयता नटिक्ने दाबी गरे। घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकार जस्तो भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र र संसदीय व्यवस्थाप्रति जनताको निराश बढेको बताए। गणतन्त्रप्रति जोखिम गणतन्त्रका लागि लडेका नेताहरूबाट हुने उनको भनाइ छ।

प्रतिक्रिया