२०८२, २५ चैत्र बुधबार
×

ट्रेन्डिङ

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

434526 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ ।

संस्थापन समूहबाट उम्मेदवार बन्नु भएका सभापति देउवा ६४ मतले विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी पार्टी महामन्त्री गगन कुमार थापाले २५ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेसका प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी ८९ जना सांसद रहेका छन् । उनीहरू संसदीय दलको नेता चयनका लागि मतदाता हुन् ।

प्रतिनिधि सभाका कांग्रेसका सबै ८९ सांसदले मतदान गरेका थिए ।

प्रतिक्रिया