२०८३, २७ कार्तिक बिहीबार
×

विवेकशील साझा पार्टीकाे घोषणापत्र : पर्यटन विश्वविद्यालयदेखि राइट टू रिकलसम्म

1528 Shares

काठमाडौँ- विवेकशील साझा पार्टीले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।

पार्टीले सार्वजनिक गरेको १३ बुँदे प्रतिबद्धता पत्रमा पर्यटन विश्वविद्यालय स्थापनादेखि राइट टू रिकल र राइट टू रिजेक्टसम्म र नोट चल्ने भोट नचल्ने अवस्थाको अन्त्य गर्दै विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्नेदेखि भ्रष्टाचार छानबिन गर्न उच्च स्तरीय नागरिक आयोग गठन गर्नेसम्मका व्यवस्था गरिएको प्रवक्ता प्रकाशचन्द्र परियारले उल्लेख गरेका छन् ।

प्रतिबद्धता पत्रमा जीवन उपयोगी, गुणस्तरीय, संविधान प्रदत्त निःशुल्क शिक्षा प्रदान गर्ने, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा, स्वायत्त र अधिकार सम्पन्न सम्पत्ति शुद्धीकरण विभाग बनाउने उल्लेख छ ।

यस्तै असंलग्न परराष्ट्र नीति र सन्तुलित विदेश नीतिको पक्षमा रहने समेत घोषणा पत्रमा बताइएको छ ।

प्रतिक्रिया