२०८३, २७ कार्तिक बिहीबार
×

काठमाडौंमा राजनैतिक चहलपहल तिब्र, तालमेल र टिकट वितरणमा अन्योल 

408994 Shares

काठमाडौं ।  आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धन, विभिन्न राजनैतिक दल लगायत स्वतन्त्र उम्मेदवारहरुको चर्चा परिचर्चा सुरु भैरहेको छ।

निर्वाचन आयोगले ६० बु्ंदे आचार संहिता सहित असोज २३ गते उम्मेदवारी दर्ताको मिति तोकिसकेको छ । तर अन्तिम समय नजिकिदै गर्दा सत्ता गठबन्धन लगाएत अन्य राजनैतिक दलहरुले आ-आफ्नो उम्मेदवार घोषणा गर्न सकिरहेका छैनन् । कुन राजनैतिक दलको तालमेल को संग हुने हो अन्योल रहेको देखिन्छ ।
बास्तबमा प्रजातान्त्रिक तथा दलिय ब्यवस्थामा संसदमा बहुमत नपुगेमा बहुमतको लागि पहल गर्नु पर्ने तथा आ-आफ्नो मुद्दा लिएर जनता समक्ष जानु पर्नेमा,
चुनाव अघिनै नेपालका राजनैतिक दलहरूले तालमेल गरि जसरी नि सत्तामा जाने पहल सुरु गरेको देखिन्छ । यस्तो प्रक्रियाले कुन राजनैतिक दलको मुद्दा तथा नीति के हो भनी छुट्ट्याउन जनतालाई अप्ठ्यारो तथा अन्योलमा छाडेको देखिन्छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि टिकट बितरणमा एकातिर गहन छलफल हुँदैछ भने अर्को तिर चुनाव जितहार भन्दा पनि नेताहरु आ-आफ्नो नजिकका कर्याकर्ताको खोजिमा रहेको देखिन्छ भने नेताहरुकोमा भेटघाट बढेकोछ ।

देशको राजधानी काठमाडौंमा दशै संगै चुनावी चहलपहल पनि उत्तिकै बढेको देखिन्छ ।

काठमाडौंमा १० प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र मध्य सत्ता गठबन्धनको एक घटक नेपाली काङ्ग्रेसले आफुले गत निर्वाचनमा जितेका लगाएत अधिकांस क्षेत्रमा उम्मेदवारी दाबी गर्ने संभावना बढ्दै गएको छ् । काठमाडौंमा सत्ता गठबन्धनका अरु दल भन्दा काङ्ग्रेस बलियो देखिएकोले एमालेलाई पराजित गर्न नेपाली काङ्ग्रेसको युवा उम्मेदवार हुन जरुरत रहेको देखिन्छ ।
उत्ता नेपाल कम्युनिष्ट पार्टी समाजवादि तथा नेपाल कम्युनिष्ट पार्टी माऔवादिले पनि काठमाडौंमा दाबी गर्ने देखिएको छ। अर्कोतिर नेपाल कम्युनिष्ट पार्टी एमाले ले विभिन्न राजनैतिक दल संग सहकार्यका लागि पहल जारी गरेकोछ ।

बिशेष गरी गत निर्वाचनमा एमालेबाट कृष्ण गोपाल श्रेष्ठले जितेको काठमाडौं निर्वाचन क्षेत्र न. ९ मा सत्ता गठबन्धनका दुई दल नेपाली काङ्ग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी माऔवादि मध्य कुन राजनैतिक दलको उम्मेदवार खडा गर्ने भन्ने अन्योल रहेको देखिन्छ ।
एमालेको पकड मानिएको काठमाडौं क्षेत्र न. ९ मा सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसका युवा नेता धर्मराज गौतम प्रतिनिधि सभा सदस्यका लागि साझा उम्मेदवार हुन सक्ने बिश्वास गरिएको छ।

२०औं बर्ष नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति रहि सक्रिय रहदै आएका उनी युवाहरुको प्रतिनिधित्व गर्दै नेताहरुको सम्मान गर्ने बताउदै आएका छन । लामो राजनैतिक तथा सामाजिक इतिहास बोकेकाले पनि उक्त क्षेत्रमा उनको उम्मेदवारी दिने घोषणालाई निक्कै महत्वका साथ हेरिएको छ । पार्टीले जन चाहना अनुरुप सहि निर्णय गर्ने कुरामा उनी बिश्वास राख्दै आएका छन ।

उत्ता सत्ता गठबन्धन कै अर्को घटक नेपाल कम्युनिष्ट पार्टी माऔवादिको तर्फबाट हित मान शाक्यको नाम चर्चामा रहेको छ ।

त्यस्तै गरी गत स्थानीय चुनाबमा काठमाडौं महानगरपालिकामा उप मेयरको स्वतन्त्र उम्मेदवार रहेकी बिद्या श्रेष्ठको नाम पनि चर्चामा रहेकोेछ ।
काठमाडौंमा बालेन शाहले स्वतन्त्र रूपमा चुनाव जिते पछि, स्वतन्त्र रूपमा उम्मेदवार घोषणा गर्नेहरुको पनि कमि छैन ।

बदलिँदो परिवेश अनुरुप जनताहरुको चाहना भने युवा तथा नयाँ अनुहारको खोजिमा रहेको देखिन्छ ।

 

प्रतिक्रिया