२०८३, २८ कार्तिक शुक्रबार
×

काठमाडौंबाट नेपाली काङ्ग्रेसका नेता शिव प्रसाद घिमिरे समानुपातिकमा सिफारिस 

502655 Shares

काठमाडौं ।नेपाली काँग्रेस काठमाडौ क्षेत्र न. २, प्रदेश ख, क्षेत्रीय कार्य समिति तथा महाधिवेशन प्रतिनिधिहरुको भदौ १७ गते बसेको संयुक्त बैठकले समानुपातिक तर्फ अग्र पंक्तिमा शिव प्रसाद घिमिरेलाई सिफारिस गरेको जनाएको छ ।

 

निष्ठाको राजनीतिमा बिश्वास राख्दै आएका उनलाई यस अघि विभिन्न समयमा पार्टीले महत्त्वपूर्ण जिम्मेवारी तथा अवसर प्रदान गरेता पनि उनी त्यसबाट अलग रहदै आएको जनाएका छन् ।

नेपाली काङ्ग्रेस संग आवद्ध हुँदै बिगत ४० बर्ष देखि अर्थात बिक्रम सम्बत् २०३६, २०४६ तथा २०६२/६३ सालको प्रजातान्त्रिक जन आन्दोलन तथा २०४२ सालको सत्याग्रहमा सक्रिय शिव प्रसाद घिमिरेलाई तत्कालीन साशकले विभिन्न समयमा गरि करिब १ बर्ष जेलनेल, नजर बन्द तथा दण्ड दिएका थिए ।

 

दसौं बर्ष नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य तथा तत्कालीन डांछि गा.वि स. ( काठमाडौं ) मा नेपाली काङ्ग्रेसको कार्यवाहक इकाई सभापति समेत भैसकेका उनी हाल क्षेत्रीय प्रतिनिधि रहदै आएका छन ।

 

राजनैतिक तथा सामाजिक अभियानमा सक्रिय उनी गरिब संग बिशेश्वर काठमाडौं जिल्ला सभापति, कान्तिपुर क्याम्पस संचालक समिति सदस्य, तथा कान्ति भैरब मा.वि. ब्यवस्थापन समिति अध्यक्षमा दसौं बर्ष रहेर स्कुलको ब्यवस्थापन क्षेत्रमा आमूल परिवर्तन ल्याएको लामो अनुभव उनी संग रहेको छ ।

त्यस्तै गरि वीर हस्पिटलमा रहेको समाजिक संस्था “संजिवनी सेवा समिति” मा सदस्य र सचिब गरी दसौं बर्ष सेवा गरेको अनुभव समेत उनी संग रहेको छ।

 

लामो राजनैतिक तथा सामाजिक पृष्ठभुमि, उक्त क्षेत्रमा गरेको योगदान तथा अनुभव, नेपाली काङ्ग्रेसका साथीहरू संगको सहकार्य तथा जन चाहाना अनुरुप उनले यस पटक नेपाली काङ्ग्रेसको तर्फबाट काठमाडौं क्षेत्र न. २ प्रदेश ख बाट समानुपातिकमा उम्मेदवारी दिने निर्णयमा पुगेको जनाएका छन । उनको उम्मेदवारीलाई क्षेत्रीय कार्य समितीले माथिल्लो तहमा सिफारिस गरेकोमा क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि लगायत सबैमा हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् ।

 

नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन प्रक्रिया, गतिविधि तथा उम्मेदवारहरुको लागि सिफारिस प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा आव्हान गरिसकेको छ ।

विभिन्न समयमा देशकै निक्कै चर्चामा रहेको निर्वाचन क्षेत्र मध्यको एक काठमाडौं क्षेत्र न. २ प्रदेश ख मा प्रत्येक्ष तर्फ १४ जना तथा समानुपातिक तर्फ १६ जना गरि ३० जना उम्मेदवारको नाम क्षेत्रले माथिल्लो तहमा सिफारिस गरेको जनाएको छ ।

प्रतिक्रिया