२०८३, २८ कार्तिक शुक्रबार
×

एमालेले जित्यो बझाङको तलकोट गाउँपालिका

2877 Shares

नेकपा एमालेले बझाङको तलकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ।

एमाले उम्मेदवार कलकबहादुर रोकायाले २७५९ मतसहित अध्यक्ष जितेका छन्।

यहाँ अध्यक्षका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नारायणकुमार धामी २२२९ मतसहित पराजित भए।

उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी निर्वाचित भइन्। उनले २६२१ मत प्राप्त गरिन्।

यहाँ उपाध्यक्षमा नेपाली कांग्रेसकी जयकुमारी ऐडी २३९२ मतसहित पराजित भइन्।

प्रतिक्रिया