२०८३, २८ कार्तिक शुक्रबार
×

काठमाडौंमा कांग्रेसको तेस्रो जित, एमालेबाट खोस्यो तारकेश्वरको मेयर र उपमेयर

130936 Shares

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर जितेको छ।

कांग्रेस उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार ९ सय ८८ मत ल्याएर मेयर जितेका हुन्।

उनले नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन्। बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए।

उपमेयरमा पनि कांग्रेसले जितेको छ।

सृजना बुर्लाकोटीले उपमेयर जितेकी हुन्। उनले १० हजार सात सय ८६ मत ल्याइन् भने एमालेकी भवानी डोटेलले आठ हजार ६ मत ल्याएकी थिइन्।

०७४ मा यहाँ नेकपा एमालेले मेयर र उपमेयर जितेको थियो।

प्रतिक्रिया