२०८३, २८ कार्तिक शुक्रबार
×

कांग्रेसका कोइरालाले जिते सुन्दरबजारको मेयर

7603 Shares

लमजुङको सुन्दरबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला विजयी भएका छन्।

उनले ६६४१ मत ल्याएका छन्।

कोइरालाले नेकपा एमालेका उम्मेदवार भिमबहादुर गुरूङलाई हराएका हुन्। उनले ६ हजार ३६ मत ल्याएका थिए।

यहाँ उपमेयर भने नेकपा एमालेका उम्मेदवारले जितेका छन्। भवानी केसीले उपमेयर जितेकी हुन्।

यहाँ सत्तागठबन्धनबाट कांग्रेसका कोइराला मेयरका उम्मेदवार थिए।

प्रतिक्रिया