3130
Shares
चितवन । भरतपुर महानगरपालिकामा ४ नम्बर वडाको मतगणना भइरहेको बेला एमालेको मत संकेत गरिएको मतपत्रमा स्वस्तिक छाप नदेखिएपछि विवाद उत्पन्न हुँदा मतगणना रोकिएको छ । मत संकेत गरिएको ठाउँमा मधुरो स्वस्तिक छापको घेरालाई निर्वाचन अधिकृतले बदर गर्दा एमालेको विरोधले विवाद बढेपछि मतगणना रोकिएको हो ।
निर्वाचन अधिकृतले मत संकेत गरिएको ठाउँमा स्वस्तिक छापको घेरा देखिदा पनि मत बदर गरेको भन्दै एमालेका प्रतिनिधिले विरोध गरेका छन् ।