२०८३, २९ कार्तिक शनिबार
×

चितवन कांग्रेसलाई शेखरले भने- भरतपुरमा गठबन्धन हुँदैन, ढुक्क हुनुस्

38561 Shares

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर काेइरालाले स्थानीय तहकाे निर्वाचनमा भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसकै उम्मेदवार हुने बताएका छन्।

आज जिल्ला कार्यसमिति चितवनकाे माइन्युट बुझ्दै काेइरालाले भरतपुरमा कांग्रेसकाे उम्मेदवार हुने बताएका हुन् ।

जिल्ला कार्यसमिति चितवनले भरतपुर महानगर कांग्रेसलाई दिने भए अन्यमा चुनावी तालमेल हुनसक्ने निर्णय गरेको थियाे।

यसअघि चितवन कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवालाई पनि उक्त माइन्युट बुझाएका थिए ।

गत २०७४ काे स्थानीय निर्वाचनमा माओवादीका उम्मेदवार रेणु दाहाललाई कांग्रेसले भाेट हालेर जिताएका थिए ।

अहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहालले भरतपुर महानगर माओवादीले पाउनुपर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया