इनरुवा । देश तथा समाजमा सकारात्मक परिवर्तन सहित विकास गर्ने हेतूका साथ परदेशको आफ्नो विलासी जीवन परित्याग गरी नेपाल फर्किएका मनोज मेहता एमालेको तर्फबाट इनरुवा नगरपालिकाको मेयरमा शसक्त उम्मेदवारको रुपमा हेरिएको छ ।

अध्यक्ष केपी ओलीदेखि अन्य नेताहरुसँग सो विषयमा प्रतिबद्धतासमेत पाईसकेकोले उनले आफ्नो अभियान सशक्त रुपमा अगाडी बढाएका छन् ।
एमाले उच्च स्रोतका अनुसार उनको इनरुवामा राम्रो पकड भएकाले उनलाई एमालेको तर्फबाट इनरुवा नगरपालिकाको मेयरमा टिकट दिईने जनाईएको छ ।

उनलाई भूमिगत कालदेखि नै पार्टीमा काम गर्दै आएका तथा अन्य सामजिक अभियानकर्ताको नि समर्थन रहेका कारणले गर्दा नै इनरुवा नगरपालिकाको मेयरमा टिकट दिईने लागेको उच्च स्रोतले बतायो ।
यता एमालेका तर्फबाट करिब आधादर्जन नेताहरु मेयर पदको आकांक्षी देखिएपनि मनोजको सशक्त दावेदारी रहेको छ ।
मनोज मेहता ब्यक्तिगत रुपमा पार्टीका स्थानीय नेतृत्व, समाजका अगुवा, सामाजिक अभियन्ताहरुलाई भेटेर चुनावको विषयमा चर्चा गरिरहेका छन् ।

घरदैलो कार्येक्रमा व्यस्त रहेका मेहताले पार्टीलाई टोल–टोलसम्म पु¥याउने काम गरिरहेका कारण पनि उनको इनरुवा नगरपालिकाको मेयरमा शसक्त उम्मेदवारको रुपमा हेरिएको छ ।
