२०८३, २९ कार्तिक शनिबार
×

केपी ओली नेपाली राजनीतिका अराजक पात्र हुन् : नेता पौडेल

1518 Shares

काठमाडौं -नेपाली कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन् ।

लमजुङको मध्यनेपालमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका प्रभावशाली नेता पौडेलले प्रमूख प्रतिपक्षी दलका नेता केपी ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप लगाएका हुन् ।

नेता पौडेलले भने, ‘दुई तिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाएका ओलीले आफ्ना समकक्षीलाई पनि सम्मान गर्न सक्नुभए। न सरकारमा हुँदा आफ्ना समकक्षीलाई सम्मान गर्नुभयो न बाहिर हुँदा ।

पार्टी भित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन उहाँमा बढि नै अहमता छ ।

सरकारमा हुँदा कार्यकर्तालाई अरिंगाल भएर टोक भन्ने कहिले के भन्ने… ।’ ‘निर्वाचनमा जनताले जहिले पनि घोषणापत्रलाई हेरेर उम्मेद्वारलाई भोट दिने गरेका छन् ।

घोषणालाई अनुमोदन गर्ने गरेका छन्। तर दलले कहिल्यै पनि जनमतलाई कदर गरेनन् । अहिले एमालेले पनि जनमतलाई बुझेन । दुई दुई पटकसम्म संसद्को हत्या गर्यो, ‘ नेता पौडेलले थपे।

प्रतिक्रिया