२०८३, २९ कार्तिक शनिबार
×

भीम रावललाई गगन थापाको चुनौती : बहस अछाम गर्ने कि काठमाडौंमा ?

17712 Shares

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एमालेका नेता भीम रावललाई चुनौती दिएका छन्। उनले भीम रावल मन्त्री भएकै बेला एमसीसीबाट अर्ब बढीको अनुदानमा माग भएको स्पष्ट पारे। ‘माननीय भीम रावल मन्त्री भएकै बेला एमसीसीबाट अर्ब बढी अनुदान माग भएको छ। होइन भने भन्नुस्, म तपाइँको चुनौती सामना गर्न तयार छु। सडकमा बहस गर्ने कि संसदमा। अछाममा गर्ने कि काठमाडौंमा, आउनुस्,’ उनले भने। .

एमाले नेता रावले एमसीसीका हरेक दफा र धारा कसरी राष्ट्रिय हित विपरीत रहेको र त्यसले कसरी राष्ट्रियता र स्वाधिनतामा आघात पुग्छ भन्नेबारे जवाफ दिन आफू तयार रहेको चुनौती दिएका थिए।

‘प्रधानमन्त्री शेरबहादुर देउवा जी र उहाँका सल्लाहकारहरू आउनुस् मलाई आधा घण्टा समय दिनुस्।

एमसीसीको मूल सम्झौता, कार्यान्वयन सम्झौता र त्यसका धारा दफाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र स्वाधिनतामा कसरी आघात पुर्‍याउँछन् म प्रमाणित गरिदिन्छू। के मलाई समय दिइन्छ?’, रावलले भने, ‘को विद्वान र को सल्लाहकार हुनुन्छ आउनोस्। प्रत्येक धारा र दफा ल्याएको छु मैले। मलाई थाहा छ जसले हतारमा राष्टंरियताको यति गम्भीर विषयलाई पास गर्न खोज्दै छ यही नै राष्ट्रिय हित विपरीत छ।’

प्रतिक्रिया