1008
Shares
पूर्वी नवलपरासी — कांग्रेसका उपसभापति धनराज गुरुङले एमसीसी सम्झौता विकास परियोजना मात्र नभइ कूटनीतिक सम्बन्धको आधार पनि भएकाले यसलाई स्वीकार गर्नुपर्ने बताएका छन् । एमसीसी सम्झौता पास गर्नुपर्ने दलहरूको दायित्व समेत रहेको उनले बताएका छन् ।
नेपाल प्रेस युनियन पूर्वी नवलपरासीले आइतबार कावासोतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
‘सरकारमा रहेका दलहरु एमसीसीको विरोधमा सडकमा गएर प्रदर्शन गर्नु राजनीतिक हिसाबले बेइमानी हो, ‘ गुरुङले भने, ‘सरकारमा रहेर सरकारकै निर्णयको विरोध गर्ने संसारका अरु कुनै देशमा छैन । एमसीसी विकास परियोजना मात्र होइन यो कूटनीतिक सम्बन्धको आधार पनि हो । यसलाई स्विकार्न पर्छ ।’
उनले सत्तामा रहेका गठबन्धन दलले एमसीसीको विरोधमा गए एमालेसँग मिलेर जानु बाहेक कांग्रेसको विकल्प नभएको चर्चा गरेका थिए ।