769
Shares
काठमाडौं- कांग्रेस सभापतिमा दोस्रो स्थान ल्याएका डा शेखर कोइरालाको वरीयता २० औं नम्बरमा राखिएको छ ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकअघि शनिबार निर्धारण गरिएको वरीयतामा कोइरालालाई २० औं नम्बरमा राखिएको छ। वर्तमान र पूर्वपदाधिकारीपछिको वरीयतामा उनलाई राखिएको छ ।
सभापतिमा पराजित प्रकाशमान सिंह, विमेलेन्द्र निधि डा शेखर कोइराला भन्दा वरीयतामा अघि छन् । नेता रामचन्द्र पौडेल पनि वरीयतामा शेखर अघि छन् ।
देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्त्व दिएका छन् । वरियतामा शेखर यस अघि ३५ औं नम्बरमा थिए ।