२०८३, २९ कार्तिक शनिबार
×

कम्युनिस्ट शासनले देश बनाउन सक्दैन, राजतन्त्र फर्कने भ्रम भए त्यागौं – विश्वप्रकाश शर्मा

24445 Shares

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै राजनीतिक दलको नेतालाई राजतन्त्र फर्कने भ्रम भए त्याग्न आग्रह गरेका छन् । बुधबार गृह जिल्ला झापामा शर्माले आभार कार्यक्रमको आयोजना गर्दै सो कुरा गरेका हुन् । नेपालीले राजतन्त्र पनि खेपिसकेको बताउदै उनले राजतन्त्र फर्कन्छ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरे ।

उनले भने – ‘राजालाई हामीले नबोकेको हो रु भागेर दिल्ली गएका राजालाई काँधमा बोकेर ल्याउने पनि कांग्रेस, राजा वीरेन्द्रको वंशनास हुँदा ढुंगामुडा सहेर पनि गद्दी बसाउने कांग्रेस’

उनले थपे – ‘राजाले कांग्रेसको काँधमा बस्ने अनि लोकतन्त्रमाथि प्रहार गरेको पनि देखियो । अहिलेको व्यवस्था ठीक छ । कोही जनताको छोरी राष्ट्रपति बनिन् । मधेशमा हुर्किएका रामवरण यादव यो देशको राष्ट्रपति भए । के मधेशको सम्मान र स्वाभिमान बढेको छैन ?’

कम्युनिस्ट शासनले देश बनाउन नसक्ने भन्दै उनले त्यसको उदाहण उत्तर कोरिया भएको बताए । यस्तै, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीबाट पनि देशको विकास हुन नसक्ने उनको भनाइ छ ।

‘संसदीय लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएर आएको प्रधानमन्त्रीले जबरजस्ती गरेर दुईपटक संसद विघटन गरेको होइन रु’ उनले प्रश्न गरे – ‘‘एउटा व्यक्तिमा सम्पूर्ण अधिकार र शक्ति केन्द्रित गर्दा के हुन्छ रु अहिलेको संसदीय व्यवस्थामा केही कमजोरी र खराबी छन् । यसलाई सुधार गरेर जानुपर्छ ।’

प्रतिक्रिया