846
Shares
काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ।
प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता जारी राखेका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ ।
९९९ मत गन्दा देउवाले ५९० मत ल्याएका छन् भने शेखरले ४०१ मत पाएका छन् ।
राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा यसअघि सभापतिका उम्मेद्वारले विधानअनुसार ५० प्रतिशत मत ल्याउन नसक्दा फेरि चुनाव भएको हो ।