२०८३, २९ कार्तिक शनिबार
×

विश्वप्रकाश शर्माले पनि देउवालाई समर्थन गर्ने

1087 Shares

काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका विश्वप्रकाश शर्माले पनि सभापतिका लागि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।

उनले आफू नेता प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेदवार भएकाले सिंह उभिएको ठाउँमा आफू पनि उभिने बताए।

यसअघि मंगलबार बिहान देउवासँगको भेटमा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन्।

शर्माले अब नेतृत्व चयनमा सर्वसम्मति गर्न सके राम्रो हुने पनि बताएका छन्।

‘सर्वसम्मति सर्वोत्तम। दोस्रो चरणमा जानै पर्दा प्रस्ट्याउँदछु- नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ। पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो’, शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु।’

प्रतिक्रिया