२०८३, २९ कार्तिक शनिबार
×

२००० मत गणना गर्दा देउवाको अग्रता कायामै

47507 Shares

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म २ हजार मत गनिसक्दा देउवाले ९५८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ र प्रकाशमान सिंहले १७१ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ११७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ३ मत मात्र प्राप्त भएको छ ।

राष्ट्रिय सभागृहमा मतगणना जारी छ । राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका छन् । पहिलो चरणमै सभापति निर्वाचित हुन उम्मेदवारले २३४० मत ल्याउनै पर्ने हुन्छ । यो भनेको ५१ प्रतिशत मत हो । यदि ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारले नल्याएको खण्डमा दोस्रो चरणमा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया