२०८३, २९ कार्तिक शनिबार
×

१००० मत गणना गर्दा देउवा अगाडि, पछ्याउँदै शेखर

46550 Shares

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भीक मतगणनामा देउवाले अग्रता लिएका हुन् ।

अहिलेसम्म १ हजार मत गनिसक्दा देउवाले ४७३ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ३७६ र प्रकाशमान सिंहले ९१ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ४९ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ३ मत मात्र प्राप्त भएको छ ।

राष्ट्रिय सभागृहमा मतगणना जारी छ । राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका छन् । पहिलो चरणमै सभापति निर्वाचित हुन उम्मेदवारले २३४० मत ल्याउनै पर्ने हुन्छ । यो भनेको ५१ प्रतिशत मत हो । यदि ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारले नल्याएको खण्डमा दोस्रो चरणमा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया