२०८३, २९ कार्तिक शनिबार
×

विश्वप्रकाश भन्छन् : प्रतिस्पर्धा सकियो, परिणामपछि हार्दिक एकता

1161 Shares

काठमाडौँ । काँग्रेस प्रवक्ता तथा १४ औं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी विश्वप्रकाश शर्माले अब पार्टीभित्रको प्रतिस्पर्धा सकिएको बताएका छन् । चुनाव सकिएसँगै पार्टीभित्र हार्दिक एकता जरुरी हुने उनको भनाइ छ ।

मंगलबार बिहान उनले गरेको ट्वीटमा भनिएको छ, ‘अब सकियो प्रतिस्पर्धा, परिणामपछि हार्दिक एकता । जय नेपाल !’

शर्माले ट्वीटमार्फत प्रतिस्पर्धाले पार्टीभित्र विग्रह हुन सक्ने भएकाले ती सबै कुरालाई भुलेर हार्दिक एकता हुनुपर्ने सन्देश दिन खोजेका छन् । काँग्रेसमा देउवा टिमबाट महामन्त्रीको उम्मेदवार रहेका उनले अन्तिम समयमा प्यानलमा नपरेपछि प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
सोमबार भएको मतदानको मतगणना सभापतितर्फको सकिएपछि अन्य पदको थालिनेछ ।

प्रतिक्रिया