२०८३, २९ कार्तिक शनिबार
×

कांग्रेसको रक्षा गर्दै सबैलाई मिलाएर लैजाने खुबीका रक्षा मन्त्री रिजाल

1380 Shares

(समाचार विश्लेषण)

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंसिर २७ गते हुने निर्वाचनबाट महामन्त्रीमा डा मिनेंद्र रिजाल निर्वाचित हुने संभावना बलियो देखिएको छ ।

कांग्रेसको भित्री जोडघटाउमा जानकारी राख्नेहरुका अनुसार रिजालले संगठनमा देखाएको परिपक्कता, सरकारमा पटकपटक मन्त्री हूँदा निष्कलंक कार्यसम्पादन र अनुभव , पार्टी प्रतिपक्षमा रहदा सदनमा खेलेको संसक्त भूमिका , चुच्चे नक्सा छापेका बखत भारतीय टिभी प्रस्तोतालाई नेपाल बारे बदनाम गरेकोमा घोर प्रतिवाद गरेका बीबीध बिषय कांग्रेस ब्रित्त देखी देशबिदेश सम्म चर्चा छ ।

रिजाल मोरगंबाट प्रत्यक्षमा बिजयी एक मात्र साम्सद हुन । उनी राष्ट्रीय तथा अन्तराष्ट्रीय फ़ोरममा नेपालको आर्थिक , पररास्ट्र र सुरक्षा नीतिमा प्रस्ट बहस र संवाद गर्ने खुबी भएका थोरै नेता मध्ये एकमा पर्छन । रिजाल अडान र तर्क गरेर पार्टीको इज्जत बिरुद्ध लड्ने सिपाहीका रूपले कांग्रेस ब्रित्तमा परिचित छन ।

वर्तमान सरकारका रक्षामन्त्री सम्हालिरहेका डा. रिजाल कम्युनिस्टहरुले नेपालको संविधानको रक्षा गर्न नसक्ने धारणा राख्छन ।

संविधानको रक्षा र विकासको सन्दर्भमा केपी शर्मा ओली मात्रै नभएर प्रचण्ड र माधवकुमार नेपालसमेत एकसाथ असफल सावित भएको हुनाले अब नेपाली काँग्रेसले मात्रै देशको रक्षा गर्न सक्ने डा. रिजालको विश्लेषण छ ।

रिजाल देउवा , डा. शेखर कोईरला , प्रकासमान या पौडेल सबैको मन जित्न सफल रहेर सरकारको प्रतिरक्षाका लागी रक्षा मंत्रालयको ज़िम्मेवारी समालिरहेका छन । यस अघी संस्कृति तथा पर्यटन, सूचना तथा संचार लगायतका मंत्रालय सम्हालेर अनुभवि र निष्कलंक नेतामा उनी पर्छन ।

अमेरिकाको स्टर्न बिजनेस स्कूल बाट पिएच डि गरेका डा रिजाल बीपी कोईरलासंग दीक्षित कांग्रसका अबिचलित योद्धा साथै कांग्रेसलाई मिलाएर एकताबद्ध गर्ने क्षमता राख्ने महामन्त्रीका उम्मेद्वारका रुपमा हेरीएका छन ।

शनिबार भएको उम्मेदवारी मनोनयनमा सभापतिमा ६ जनाले मनोनयन दर्ता गराएका छन् । सभापतिका ६ उम्मेदवारमध्ये चार जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

महामन्त्रीका अन्य उम्मेद्वारहरू गुट फेरेका या गुटबाट आउट भएका नेताहरू रहेकाले सुरु देखी नै स्पष्ट बिचार र अडानमा रहेका रिजाललाई सबै पक्षले सकारात्मक रूपमा हेर्ने भएकोले पनि सबै भन्दा बढ़ी मत आउने देखिएको बिश्लेसक हरूको राय छ ।

कांग्रेसको निर्वाचन समितिले आइतबार अपरान्ह सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा पाँच जनाले सभापतिमा दाबी गरेका छन्।

कल्याणकुमार गुरूङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डाक्टर शेखरप्रसाद कोइराला र शेरबहादुर देउवाले सभापतिमा दाबी गरेका हुन्। २ जना उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ।

डाक्टर चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरूङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाले कांग्रेस उपसभापतिमा दाबी गरेका छन्। २ जना निर्वाचित महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया