२०८३, २९ कार्तिक शनिबार
×

राजेन्द्र लिङ्देनसँग हारेपछि बरालियो कमल थापाको मन, सम्झन थाले कविता

934 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकता महाधिवेशनको अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले लगातार ट्विट र फेसबुकमार्फत पोष्ट्याइरहेका छन् ।

आइतबार नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोह बहिस्कार गरेका थापाले पराजित भोगेपछि आफ्नो अन्र्तमनमा लागेका कुराहरु फेसबुक र ट्विटमार्फत पोष्ट्याइरहेका छन् ।

आफू पराजित नभई सेटिङमा आफूलाई हराइएको थापाले पोष्ट्याइएको स्टाटसमा प्रष्टिन्छ र उनी अहिलेको महाधिवेशनको नतिजालाई सहर्ष स्वीकार गर्न तयार देखिँदैनन् ।

निर्वाचनमा पराजित भएपछि आइतबार दिउँसो फेसबुक र ट्विटरमा आफ्नो मनमा लागेको कुरा यसरी पोष्ट गरेका छन् :

‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गम्भीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो– पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो ?’

प्रतिक्रिया