२०८३, २९ कार्तिक शनिबार
×

प्रेस युनियनका महासचिव सिवाकोटीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

712 Shares

काठमाडौं- नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार राजधानीको कमलपोखरीस्थित लसुन रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन्।

 

शिवाकोटीले मिडिया उद्यमीको रूपमा आफू दलीय राजनीतिमा प्रवेश गरेको बताए। ‘अब मिडिया उद्यमीका रूपमा रहन्छु। प्रेस युनियनमा फर्केर आउँदिनँ,’ उनले भने।

 

प्रेस युनियनमा रहँदा पनि आफूले पार्टीको काम गरिरहेको उनको भनाइ थियो। ‘अब प्रत्यक्षरूपमा राजनीति गर्ने सोच बनाएको छु। केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनेछु। मैले सम्पादकीय नेतृत्व महाधिवेशन प्रतिनिधि हुँदादेखि नै छोडिसकेको छु,’ उनले स्पष्टीकरण दिए।

आफूलाई दोलखा कांग्रेसका सबै समूहको समर्थन रहेको पनि दाबी गरेका थिए।

प्रतिक्रिया