चितवन । पुर्खौली घर तनहु भै बिगत ४० वर्ष देखि चितवन बसोबास गर्दै आउनु भएको माननीय बलराम पौडेलले १४ औ महाधिवेशनका लागी खस आर्य तर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिनुभएको छ ।
उहाँले राजनीतिक यात्रा झन्डै आज भन्दा करिब ४५ वर्ष अगि बाट सुरुवात गर्नुभएको थियो ।
२०३३ सालमा रास्ट्रिय मेलमिलाप नीति लिएर बि.पी नेपाल आउदा काठमाण्डौमा स्वागत गर्न जादा पुलिस प्रसासनको पिटाईबाट उहाको राजनीतिक यात्रा सुरुवात भएको थियो ।
२०३५ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सचिब र इकाइ सभापति तथा बिरेन्द्र क्याम्पसको सभापति हुनु भएको थियो ।
उहाँ २०३६ सालको बिधार्थी आन्दोलनको नेतृत्वकर्ता भएकोले प्रसासनले गिरफ्तार गरि पटक पटक यातना दिएको थियो ।
२०३६ सालमा कम्युनिष्टहरूको पिटाइबाट उहाँको अनुहार ५२ टुक्रा भएको थियो । उनलाई पटना हुदै दिल्लीमा लगेर २ वर्षको औषधी उपचार पछि बल्ल स्वास्थ्य सामान्य भएको थियो ।
उहाँ २०४२ सालको सत्याग्रहमा पनि जेल बस्नु परेको थियो । तेसै गरि २०४६ सालको जन आन्दोलामा प्रसासनले यातना दिएको थियो ।
६२/६३ सालमा राजतन्त्र बिरुद्द आन्दोलन गर्दा पुलिस प्रसासनले यातना तथा नेपाली सेनाले गिरफ्तार गरेको थियो । जिल्ला कार्य समिति चितवनको सदस्य , सह सचिब हुदै ३ पटक सम्म क्षेत्रीय सभापति हुदै हाल बागमति प्रदेश सदस्य हुन्हुन्छ ।