२०८३, २९ कार्तिक शनिबार
×

सरकारका काम प्रभावकारी बनाउन सत्ता गठबन्धनले बनायो ११ सदस्यीय समिति

674 Shares

काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सत्ता गठबन्धनमा रहेका ५ पार्टीबाट २-२ सदस्य र एक मन्त्रीसहित ११ सदस्यीय समिति बनाइएको उनले बताए। समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा सदस्य छैनन्। तर उनी आफू हरेक बैठकमा आउने बताएका छन्।

सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन्। कांग्रेसबाट पौडेलसहित कृष्ण सिटौला, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) बाट माधव नेपाल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन्। एकीकृत समाजवादी र जसपाले एक-एक जनाको नाम दिन बाँकी छ।

दुई-दुई महिनामा संयोजक परिवर्तन हुने सहमति पनि बैठकमा भएको छ।

प्रतिक्रिया