4169
Shares
लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को अधिवेशन नोभेम्बर २१ तारिकमा हुने भएको छ ।
समितिको गत नोभेम्बर ७ मा बसेको भर्चुअल बैठकले सो निर्णय गरेको हो ।
“यसअघि हामीले नोभेम्बर १३ अधिवेशन गर्ने भनेको भएपनि तयारी पुरा गर्न केही बाँकी रहेकोले हामीले अधिवेशन एक हप्ता पछि सारेका छौं”, एनपीसीसी यूकेका महामन्त्री केशव भण्डारीले बताए ।
उनका अनुसार जनसम्पर्क समिति बेलायतको निर्धारित पाँचौं अधिवेशन आगामी नाभेम्बर २१ मा हुने भएको छ । तर अधिवेशन स्थल बारे अधिवेशन आयोजना समितिले केही दिनमा निर्णय गरी सार्वजनिक गर्नेछ ।