२०८३, २९ कार्तिक शनिबार
×

आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन बिना एक्लै बहुमत ल्याउने गगन थापाको दाबी

1471 Shares

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन बिना एक्लै बहुमत ल्याउने बताएका छन् ।

काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेता थापाले सो कुरा बताएका हुन् । उनले आगामी निर्वाचनमा कसैसँग मिलेर नभई एक्लै बहुमत ल्याउने बताए ।

उनले १४ औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर एक्लै जित्ने अवस्था बनाउने पनि बताए । उनले भने – ‘कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसंग मिल्ने होइन। ‘

अहिलेकै अवस्थाबाट देश र जनतालाई ढुक्क बनाउन नसकिने भन्दै उनले पार्टीभित्र सुधारको खाँचो रहेको पनि उनले बताए ।

प्रतिक्रिया