२०८३, २९ कार्तिक शनिबार
×

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण बेलायतबाट प्रारम्भ हुने

734 Shares

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायतबाट प्रारम्भ हुने भएको छ ।

आगामी नोभेम्बर १ र २ मा स्कटल्याण्डमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) अन्तर्गतको ग्लोबल लिडर समिटमा भाग लिन देउवा बेलायत आउने भएका हुन् । जसमा विश्वभरका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुनेछन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डमा हुँदैछ। नेपालले यसपटक तापक्रम वृद्धिले हिमाली क्षेत्रमा पारिरहेको असरसँगै जलयावु परिवर्तनले निम्त्याएको क्षतिपछिको पुनर्निर्माणको विषयमा केन्द्रित भएर आफ्ना धारणा राख्ने तयारी गरिरहेको छ।

बिहीबार मुख्य सचिव शंकदार बैरागीसँगको भेटपछि फ्लाहरटीले नेपालको तर्फबाट जलवायु परिवर्तन सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने उल्लेख गर्दै ट्विट गरेका थिए ।

प्रधानमन्त्री बेलायत आउने सम्बन्धमा मन्त्रीपरिषदमा निर्णय हुन भने अझै बांकी छ ।

प्रतिक्रिया