काठमाडौं– नेपाली कांग्रेसका नेता विजय गच्छदारलेअख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा ललिता निवासमा आफुलाई प्रतिवादी बनाएको बताएको छन् ।
बुधवार पत्रकार सम्मलेन गर्दै नेता गच्छदारले २०७६ माघ २३ मा आयोगले संग्लनता नरहेको ललिता निवास प्रकरणमा आफुलाई फसाइएको बताएका हुन् ।
उनले भने, ‘अख्तियारको यो कदम मेरो लामो राजनीतिक जीवनमा ठूलो क्षति पुर्याएकाे छ । राजनीतिक दबाबका कारण नै मलाई अख्तियारले फसाएको हो ।’
नेता गच्छादारले अख्तियारले फसाए पनि न्यायलयबाट आफु न्याय पाउनेमा ढुक्क भएको बताए ।
थारू समुदायमा जन्मिए राजनीति गर्दै आइरहेको म सोझो मान्छेलाई किन फसाइयो भन्ने आश्चर्य लागेको छ । जसले जे अभियोग लगाएपनि न्यायालयबाट न्याय पाउनेमा ढुक्क छु’, उनले भने, ‘तत्कालीन दुई तिहाइको कम्युनिस्ट सरकारले संवैधानिक अंगलाई क्षतविक्षत बनायो । कार्यकारी पदमा नरहेको व्यक्तिमाथि झुटा मुद्दा दायर गरेर प्रतिष्ठा र राजनीतिक यात्रालाई समाप्त पार्न अख्तियारले म माथी मुद्दा दायर गर्यो । तत्कालीन अधिनायकवादी सरकारले विपक्षीलाई तर्साउने गलत उदेश्यसामू पर्दाफास हुनेछ ।’