२०८३, २९ कार्तिक शनिबार
×

नेपाल र ठाकुर नेतृत्वको दुबै दलले पाए प्रमाणपत्र

1432 Shares

काठमाडौँ– निर्वाचन आयोगमा आज दुई नयाँ पार्टी दर्ता भएका छन् ।

 

एमालेबाट फुटेर बनेका नेकपा (एकीकृत-समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी विधिसम्मत आयोगमा दर्ता भएका हुन् ।

आज दिउँसो दुवै पार्टीका तर्फबाट पेश भएका नामहरुको सनाखत सम्पन्न भएको थियो । आयोगले बेलुकीपख दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

 

प्रवक्ता श्रेष्ठले दुई दललाई चुनाव चिन्ह दिनेबारे निर्णय पछि हुने जानकारी दिए ।

प्रतिक्रिया