२०८३, २९ कार्तिक शनिबार
×

कांग्रेस महाधिवेशन सर्‍यो : अब मंसिर ९ देखि १३ गतेसम्म हुने

1489 Shares

सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरेको छ। यसअघि कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म हुने कार्यक्रम थियो।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार सकिएको बैठकले महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३ सम्मलाई निर्धारण गरिएको छ।

अब वडादेखि केन्द्रसम्मकै महाधिवेशन तालिका हेरफेर भएको कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडूले जानकारी दिएका छन्।

अब यसअघि महाधिवेशन हुने भनिएको भदौ १८ गते कांग्रेसले वडाहरूको अधिवेशन गर्ने भएको छ।

 

बडूका अनुसार नयाँ कार्यतालिकामा क्रियाशील सदस्यहरुको अन्तिम नामावली बुझाउने मिति भदौ २ गतेलाई तोकिएको छ।

त्यस्तै कांग्रेसले नयाँ कार्यतालिका अनुसार निर्वाचन निर्देशिका बुझाउने मिति भदौ २ गतेलाई नै तोकेको छ।

कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने योजना बनाएको छ। प्रदेश क्षेत्र क/ख को अधिवेशन असोज १ गते हुनेछ।

संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गरिने नेता बडूले बताए। त्यस्तै जिल्ला अधिवेशन अब असोज १० गते हुनेछ।

 

कांग्रेसले प्रदेश कमिटीको अधिवेशन अब कात्तिक १० देखि १२ गतेसम्म गर्ने योजना बनाएको छ।

प्रतिक्रिया