२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

दीपक श्रेष्ठद्वारा एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दर्ता

46995 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ, यूकेको अध्यक्ष पदमा दीपक श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

आईतबार राती १२ बजेर ७ मिनेटमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

एनआरएनए युकेको आगामी नेतृत्वका लागि एक सशक्त दाबेदारका रुपमा मैदानमा आएका छन श्रेष्ठ । एनआएनए इंग्ल्याण्डको वर्तमान कार्यसमितिमा अध्यक्ष रहेका उनले आफ्नो क्रियाशिलताबाट धेरैको मन जितेका छन ।

यसअघि सन २०१५-१७ मा मुछेत्र गुरुङको कार्यकालमा कोषाध्यक्षका रुपमा श्रेष्ठले निभाएको भूमिकाबाट पनि उनलाई एनआरएनए युके वृत्तमा चर्चा र लोकप्रियता दिलाएको थियो ।

श्रेष्ठले एनआरएनएबाहेक बुद्ध फाउन्डेसन युके, कपिलवस्तु समाज युकेसहितका संस्थाको सम्हालिसकेका छन भने बेलायत तथा नेपालस्थित कयौं सामाजिक संस्थामा आबद्ध रहेर परोपकारी कार्यहरुमा पनि निरन्तर सक्रिय रहंदै आएका छन् ।

प्रतिक्रिया