लण्डन । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोशेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । कलाकार मगरले बेलायतमा छायांकन गरिएको ‘बैगुनी’ को भिडियोमा मनिश श्रेष्ठ, आस्था जोशी, सन्तोष राई र अर्जुन लिम्बूको अभिनय रहेको छ ।
लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको उक्त गितमा मैथानेकै शब्द शृजना रहेको छ भने म्यूजिक र अरेन्ज बिलन थापा मगरले गरेका छन् । नेपालको गुल्मीमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका मैथानेको ‘बैगुनी’ को निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् ।
करिब डेढ दशकदेखि पत्रकारिता सँगसँगै निर्देशनमा पाइला चालेका निर्देशक कुशलकै छायांकन र सम्पादन रहेको भिडियोको कलरिङ्ग नवीन निरौलाले गरेका हुन् ।
बेलायतका रमणीय र प्रशिद्ध स्थानहरुमा छायांकन गरिएको भिडियोमा प्रेम विछोड तथा गुन देख्न नसक्ने प्रेमी प्रमिकाको गाथालार्य नजिकबाट केलाइएको छ । प्रेममा विश्वास गर्दा हुने धोकालाई निर्देशक कुशलले गज्जबसँग भिडियोमा देखाएका छन् ।