लण्डन । चितवन एड ट्रष्ट (क्याट) यूकेको नयाँ कार्यसमितिलाई पुरोनो कार्यसमितिले सचिवालय हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष रितेश राज पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पुरोनो कार्यसमितिका अध्यक्ष जीवन सेनले सचिवालय हस्तान्तरण गरेका हुन् ।
संस्थाका निवर्तमान अध्यक्ष जिवन सेनले नयाँ कार्यसमितिका महासचिव रमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । त्यसैगरी निवर्तमान कार्यसमितिका कोषाध्यक्ष रमेश श्रेष्ठबाट नवनिर्वाचित कोषाध्यक्ष डा. सुरजमणी पौडेललाई संस्थाको आर्थिक अवस्था र आवश्यक कागजात हस्तान्तरण गरेका थिए ।
उक्त बैठकमा अध्यक्ष पाण्डेले सबै पुरानो कार्यसमितिप्रति आभार व्यक्त गरेका थिए ।

पाण्डे सामाजिक तथा एनआरएनए अभियन्ता पनि हुनुहुन्छ । आफ्नो कार्यकालमा क्याट लाई नयाँ उचाईमा पुर्याउने तथा सस्था लाई आर्थिक रुपमा मजबुत बनाउने र सबै चितवन बासीहरुलाई एकढिक्का बनाएर लाने उहाँको योजना रहेको छ ।
निवर्तमान अध्यक्ष जीवन सेनले गरेको हरेक कामलाई आत्मसाथ गर्दै अघि बढ्ने पनि वर्तमान अध्यक्ष रितेश पाण्डेले प्रतिबद्धता जनाए । उहाँको कार्यकालमा भएका राम्रा कार्यहरुलाई निरन्तरता दिदैं आफ्नो कार्यकालमा पूरा गर्ने र भाबी योजना तर्जुमा गर्ने अध्यक्ष रितेश पाण्डेको अठोट रहेको बताए ।