२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा

719 Shares
Spread the love

काठमाडाै। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ (२०७८ कात्तिक ६–८) मा आयोजना गर्ने निर्णय गरेकोे छ। त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।

अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ ।

यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो। यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताए।

बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत पारित गरेको जनाएको छ।

प्रतिक्रिया