२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएन युकेमा चुनावै हुन नदिन गिरोह सक्रिय

44322 Shares
Spread the love

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको चुनावका लागि अब २ साताको समय मात्र बाँकी रहेको छ ।

यहि समयमा उम्मेद्वारी दर्ता अनि चुनाव नै सम्पन्न गर्नु पर्नेछ ।

निर्धारित कार्यतालिका अनुसार बिहिबार १५ तारिखका दिन उम्मेदवारी मनोनयन राखिएको भएता पनि अकस्मात अदृश्य शक्तिको प्रभावमा आइ निर्वाचन संयोजक महेन्द्र कंडेलले आफ्नो व्यक्तिगत नाममा संचालन गरेको वेब पोर्टलमा सूचना टांसेर निर्वाचन तालिका स्थगित भएको सूचना टाँसेका छन् । पछि त्यसको विरोध भए पछि अहिले उनको व्यक्तिगत वेबसाइटबाट सबै सूचना www.nrnaelection.com भन्ने नयाँ वेब साइटमा सारिएको छ।

संघको केन्द्रमा खाडीका मजदुरका नाममा आएको रकम घोटाला गरि संघ र तमाम गैर आवासीय नेपालीहरुको बदनामी गर्दै चुनाव हत्याउन लागि परेका एक उपाध्यक्षलाई बेलायतबाट केन्द्रीय महासचिवले साथ दिएको कारण नै यो सब बदनामी र षडयन्त्र भैरहेको भन्दै संघ र गैरआवासीय नेपालीको प्रतिष्ठालाई जोगाउन राष्ट्रिय समन्वय समिति भित्रका पदाधिकारीहरुले आफ्नो अधिकार स्वतन्त्र रुपमा प्रयोग गरि निस्पक्ष निर्वाचन गर्नु पर्ने संघलाई माया गर्ने पुराना पदाधिकारीहरुको राय छ ।

केन्द्रको धमास दिँदै हरेक देशका स्थानीय मतदाताले चुनेका पदाधिकारीहरुलाई मुट्ठीभर मतले जितेका केन्द्रका पदाधिकारीको हैक बाट आजीत अमेरिकाका एक पूर्व अध्यक्ष हरेक देशको राज्य समितिको आफ्नो अधिकारमा केन्द्रको हैकम नलाग्ने राय प्रकट गर्छन्। हरेक देश अनुसार कानुन नै फरक हुने हुँदा संघले सबैलाई स्वतन्त्र अधिकार दिन पूर्व अध्यक्ष शेष घलेको ‘भिजन २०२०’ देखिको नीति भएतापनि केन्द्रले जथाभावी हस्तक्षेप गरिरहेको युरोपका एक एनसीसी अध्यक्षले बताए। ।

हाल संघको जननि बेलायतमा पहिलो पटक नेतृत्वमा आएकी महिला नेत्री पुनम गुरुङको कार्यसमितिलाइ समयमा चुनाव हुन नदिएर असफल बनाइ केन्द्रको नियम भन्दै आफ्नो नियन्त्रणमा लिने र मनमौजी गर्ने योजना अनुरुप बेलायतको चुनावै हुन नदिने षडयन्त्र भै रहेको आसंका गरिएको छ।

यो योजनामा निर्वाचन संयोजक महेन्द्र कंडेललाई उक्त गिरोहले गोटी बनाएको छ। बेलायतको निर्वाचन समयमा नहुँदा पुनम गुरुङको हातबाट संस्थाको चावी केन्द्रको हातमा जाने मात्र हैन, महेन्द्र कंडेलको पनि अक्षम व्यक्तिको रुपमा नाम दर्ज हुने र उनको ब्यवसाय र आजीवन इज्जतमा धब्बा लाग्ने प्रस्ट छ।

यसर्थ समयमा नै निस्पक्ष चुनाव गरि संघको नेत्रित्व हस्तान्तरण गर्नुमा अध्यक्ष पुनम गुरुङ र निर्वाचन समितिका अध्यक्ष कंडेललाई उपयुक्त हुने समाजका अगुवाहरुको राय छ।

नेपालमा सर्वोच्च अदालतले परमादेशबाट प्रधानमंत्री ओलीलाई घोक्रेठ्याक लगाए पनि बेलायतमा भने जसरी पनि संस्था कब्जा गरिछाड्ने ओली प्रवृत्ति कायमै रहेको देखिएको छ ।

प्रतिक्रिया