२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

अष्ट्रेलियाको ताजमनियाका यूबाहरू एनआरएनको चुनावमा जुटे

681 Shares
Spread the love

ताज्मनिया । प्रबासको जिबन त्यति सहज र सरल छैन । एकातिर काम वा ब्यवसायको चटारो अनि अर्कोतिर आफू स्थापित हुन गर्नु पर्ने दौडधूप । यो बिचमा पनि नेपाल, नेपाली अनि स्थानीय नेपालीहरूका लागि निभाउनु पर्ने भूमिकालाई पनि बिर्सेका छैनन् यिनीहरूले । जहां रहेता पनि र जसरी बसेता पनि समाजिक कार्यका निम्ति लागि पर्ने नेपाली र नेपाली समाजको एकता सांच्चै सह्रानीय रहंदै आएको छ ।

यसैबिच अष्ट्रेलियाको सुन्दर शहरका रूपमा चिनिने र नेपालीहरूको बस्ती बाक्लिंदै जान थालेको शहर हो ताजमनिया । ताज्मनियामा रहनु हुने नेपालीहरू पनि अब गैह् आबासीय नेपाली संघ मार्फत एक जुट हुंदै लागि पर्ने योजनाका साथ अगाडि बढेका छन । यसै क्रममा ताजमनियामा आ- आफ्नो क्षेत्र पेशामा आबद्द उत्साही नेपालीहरूले गैह् आबासीय नेपाली संघ, अष्ट्रेलियाको ताजमनिया स्टेटका लागि जुलाईमा हुने चुनाबका लागि उम्मेदवारी दिने भएका छन । समाजिक कार्यका साथै ताजमनियामा रहेका नेपाली बिध्यार्थीहरूको हक हितका लागि सरकारसंग सहकार्य गरेर अगाडि बढ्ने यो समूहले प्रतिबद्ता ब्यक्त गरेको छ ।

यसै क्रममा ताजमनिया स्टेटको संयोजक पदमा राकेश शाक्यले उम्मेदवारी दिएका छन भने उप संयोजकमा जगदीश खड्काले उम्मेदवारी दिएका छन । यसैगरी नारी निकुन्जको ताजमनिया संयोजकमा प्रनिता पन्त राई, नारी निकुन्जको उप संयोजकमा आरजु रिजाल रजाक,नारी निकुन्जको सदस्यमा रूपा गुरूंग , यूबा संयोजकमा सुरज अधिकारी,यूबा उपसंयोजकमा अनिल ढकाल, सचिबमा लोकेन बिष्ट,यूबा सदस्यमा अच्यूत हुमागाईं ,सदस्यमा बद्री अवाल र कोषाध्यक्षमा गणेश घिमिरेले उम्मेदवारी दिएका छन ।

सामूहिक रूपमा एक जुट भएर चुनाबका निम्ति लागि परेका यी यूबाहरूको सोच र शैलीलाई ताजमनियामा रहनु हुने नेपालीहरूले मन पराएको पाईएको छ । त्यसो त, यो समूहमा रहेका उम्मेदवारहरूले ब्यक्तिगत रूपमा स्थानीय नेपालीहरूका लागि गर्दै आइरहेको सहयोग र दिंदै आएको साथले पनि यो समूह बिजय हुने आँकलन गर्न थालिएको छ ।

स्थानीय समाजमा बढ्दै गएको घरेलु हिंसालाई निर्मूल पार्न आफ्नो समूह दिलो ज्यानले लाग्ने कुरा उम्मेदवारहरू बताउंछन -‘ मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमहरूको आयोजना गरेर त्यसबारेमा जन चेतना जगाउंनुका साथै बिध्यार्थीहरूको क्षमता अभिबृद्दी गर्ने कार्यलाई निकै उपलब्धिमूलक रूपमा अगाडि बढाउंने हाम्रो योजना छ -‘ उम्मेदवारहरू बताउंछन । यो समूहले ताजमनिया सरकारसम्म पुगेर नेपाली र अष्ट्रेलियन खेलाडिहरूबीच एक आपसमा सम्बन्ध गांसेर खेलकुद क्षेत्रमा नयां कार्य योजना लेराउंने तर्फ पनि गृहकार्य गरिरहेको छ ।

यो समूह एक सपना एकै जोश र उद्देश्यका साथ अगाडि बढाउंने योजनामा लागि परेको छ । यसैगरी निकै उत्साहका साथ चुनाबमा होमीएको यो समूहमा आबद्दता जनाएका उम्मेदवारहरू ताजमनियामा रहनु भएका नेपालीहरू माँझ निकै सहयोगी र मन भएका नेपालीहरूमा पर्दछन । त्यसैले त मतदाताहरू भन्छन -‘ यो समूह निकै भरपर्दो र सहयोगी समूह हो । हाम्रो समाजको उन्नती , बिकास र बिस्तारका लागि यिनीहरूलाई नै भोट हाल्नु पर्छ -‘ ।

प्रतिक्रिया