२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए भित्र द्वन्द्व बढ्ने खालको काम कसैले गर्नु हुंदैन: सल्लाहकार आचार्य

40365 Shares
Spread the love

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए ) का केन्द्रिय सल्लाहकार कुल आचार्यले संघभित्र द्वन्द्व बढ्ने खालका काम कसैले पनि गर्न नहुने जनाएका छन्।

एनआरएनएक युके अन्तर्गत इङ्गल्याण्ड राज्य समन्वय परिषद्को पहिलो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै सल्लाहकार कुल आचार्यले संघका राष्ट्रिय समन्वय परिषदहरुको अधिवेशन र चुनाव हुँदै गर्दा संघ भित्रै भिडन्तको खतरा देखिएको बताए।  ‘फर नेपाली बाई नेपाली’ हुनु पर्नेमा ‘फर नेपाली फाइट नेपाली’ हुने जस्तो स्थिति आउनु दुखद छ,” उनले भने।

“म संघ संग आवद्ध सबै साथीहरुलाई संयमित हुन आग्रह गर्दछु,” आचार्यले भने।

सोही कार्यक्रममा बोल्दै संघका केन्द्रिय महासचिव डा. हेम राज शर्माले संघका लागि जुलाई महिना पीडादायी हुने गरेको गुनासो पोखे।  ‘चुनावका  कारण विवाद हुनु स्वाभाविक हो, तर  हामी विचलित हुनुहुंदैन।  एउटा ठूलो संस्थामा वादविवाद सामान्य कुरा हो।

उनले काम गर्दा कहिँ कतै त्रुटि हुन सक्ने भएकाले रचनात्मक सुझाव दिन आग्रह गरे।  ” व्यक्तिगत चरित्र हत्या गर्ने खालका  समाचारहरु प्रकाशन नगरौं, किन भने कमि कमजोरी खोज्दै गयो भने अनुराधा कोइराला वा महावीर पुनको पनि भेटिन्छ ,” शर्माले भने।

महासचिव शर्माले अहिले संघको पंजीकृत सदस्य संख्या झन्डै १ लाख १० हजार पुगेको बताए।

एनआरएनए युकेकी अध्यक्ष पूनम गुरुङले इंगल्याण्डमा जनगणनाका बेला इंगल्याण्ड राज्य परिषदले गरेको कामको प्रशंसा गरिन्।  सोहि अवसरमा एनआरएनए युकेका पूर्व अध्यक्ष तथा संरक्षक सूर्य गुरुङ, पूर्व अध्यक्ष योग फगामी, आइसीसी सदस्यहरु तथा अन्य पदाधिकारीहरुले शुभकामना दिएका थिए।

कार्यक्रममा जनगणनामा खट्ने स्वयम्सेवीहरु तथा साइकल यात्रा गरी हेल्प नेपाल नेटवर्क लगायतका संस्थाका  लागि सहयोग जुटाउने स्वयम्सेवीहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो।

कार्यक्रमको संचालन परिषदका सचिव गोविन्द खरेलले गरेका थिए।

प्रतिक्रिया