783
Shares
काठमाडौं। तीन दल तथा दुई समूहको विपक्षी गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवाको नेृतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरेको छ। सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार फैसला गरेपछि बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा (उपेन्द्र समूह) र एमाले (माधव समूह)को बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको हो।