जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी चुनावमा वर्तमान कार्यसमितिका क्रियाशिल सदस्य पदमा कृष्णप्रसाद खनालले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
कोषाध्यक्षमा निकै बलियो सम्भावना देखिएका खनालले एनआरएनए जापानमा आर्थिक पारदर्शिता तथा चुस्त-दुरुस्त कोष सहित कोष अभिवृद्धि तथा संस्थागत हितको नारा लिएर अघि बढेका छन् ।
उनी एनआरएनए अभियानमा लामो समयदेखिको निरन्तर आवद्धता छन । जापानका एक सफल ब्यबसायी तथा समाजसेवीका रुपमा स्थापित खनालले एनआरएनए जापानका अग्रजहरु, अभियन्तहरु र जापान स्थित बिभिन्न नेतृत्व वर्गहरुको सल्लाहमा आफुले उम्मेदवारी दिन लागेको बताउछन् ।
धादिङ् जिल्ला स्थायी घर भई विगत १ दशकदेखि जापानमा रहँदै आएका खनाल, धादिङ् समाज जापानको निवर्तमान अध्यक्ष पनि हुन् । २ कार्यकाल समाजको अध्यक्षता गरेका खनाल नेतृत्वमा अव्वल मानिन्छन् । उनी समाजको नेतृत्व गर्दा देखिको अनुभव तथा एनआरएनए जापानमा सल्लाहकार एवं सदस्य रहँदा संस्थागतरुपमा बटुलेका अनुभव तथा महशुस गरेको कमि-कमजोरीहरु हटाउँदै सबल, सक्षम र पारदर्शी एनआरएनए बनाउने उर्जाको साथ कोषाध्यक्ष पदमा आउन लागेको बताउनुभयो ।
कोषाध्यक्ष उम्मेदवारको रुपमा अघि बढेका खनालले धेरै महत्वाकांक्षी योजनाहरु बनाएका छैनन्, उनले भने ”अहिले मैले एनआरएनएको कोषाध्यक्ष पदमा उम्मेदवारी दिईरहँदा, सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारीमा काँध थापेको महशुस भईरहेको छ । भर्खरै मात्रै छानबिन समितिले प्रस्तुत गरेको अनियमितता र वर्तमान समितिकै अध्यक्षद्वारा गरिएका अपारदर्शी आर्थिक गतिविधिहरुले संस्था चौतर्फीरुपमा आलोचित बनिरहेको छ । यहि कठिन परिस्थितिमा संस्थाको लथालिंग आर्थिक व्यवस्थापनको जिम्मेवारी उठाउने काम मेरो लागि सजिलो त पक्कै छैन । तर मेरो नेतृत्वगत अनुभव र कार्यगत क्षमताका कारण असहजता भएता पनि बाटो भूल्दै गरेको एनआरएनए जापानको आर्थिक हिसाब/किताबलाई एउटा निश्चित ट्र्याकमा हिँडाउने प्रतिबदता गरे ।
खनालले निम्न अनुसारका प्रतिवद्धताहरु अघि सारेका छन् :
१.एनआरएनए जापानको आर्थिक हर हिसाव चुस्त/दुरुस्त राखी व्यवहारिक पारदर्शिताको महशुस गराउने, साथै आर्थिक अनुगमन कमिटि बनाइ सुझाब ,सल्लाह लिएर अगाडी बढ्ने ।
२.खर्चको हिसाव देखाउने मात्र होईन,संस्थाको कोष अभिवृद्धि गर्ने रचनात्मक कामहरु विभिन्न राष्ट्रीय अन्तर्राष्ट्रीय व्यवसायीक प्रतिष्ठानहरुसंग सहकार्य गर्ने,क्लाउड फण्डिङ तथा विविध समय सान्दर्भिक कार्यक्रमहरुको आयोजना गर्ने ।
३.एनआरएनए जापानको आर्थिक हिसाब कितावको मासिक विवरण तयार पारी संस्थाको बैंक खाताको फोटोकपी ,बिल लगायतका अन्य आबश्यक कुरा हरु इमेल तथा संस्थाको होमपेज मार्फत सरोकारवालाहरु समक्ष हरेक महिना सार्वजनिक गर्ने ।
४. पूर्व कार्यसमितिले थालनी गरेको आपतकालिन् कोषको निरन्तरता साथै यसको संचालन तथा व्यवस्थापनको एउटा स्पष्ट निति बनाउँदै जापानवासी नेपालीहरुमा भईपरि आउने समस्या तथा जन्मभूमि नेपालका विभिन्न आवश्यकताहरुमा उपयोग गराउने।