1077
Shares
लण्डन । गैर-आवासीय नेपाली संघ इङल्याण्ड राज्य समन्वय परिषद पहिलो अधिवेसन जुलाई १२ मा हुने भएको छ ।
लकडाउनका कारण भौतिक रुपमा उपस्थित भएर अधिवेसन सम्पन्न गर्न सम्भव नभएकाले भर्चुअल रुपमा सो अधिवेसन गरिने परिषद्का अध्यक्ष दीपक श्रेष्ठ तथा सचिव गोविन्द खरेलले जनाएका छन् । सो अधिवेसनमा सहभागी भइदिन पनि परिषदले इङल्याण्डबासी नेपालीहरुसमक्ष अनुरोध गरेको छ ।
अधिवेसनमा परिषदले दुई वर्षको कार्यकाल भित्र गरिएका कार्यक्रमहरु तथा आयव्ययको प्रतिवेदनहरु प्रस्तुत गरिने र राज्यपरिषद्वारा चलाइएको बेलायतको जनगणना अभियानमा सहयोग गर्नुहुने स्वयंसेवकहरु तथा साइकल र्यालीमा सहभागी साईकल यात्रीहरुलाई प्रमाणपत्र वितरण गरिने परिषद्का अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
जुम आइडी :7667665965
पास्कोड: ESCC