२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

महेन्द्र कंडेललाई सही बाटोमा फर्कन मिडल्याण्डवासी नेपालीहरुको आग्रह

638 Shares
Spread the love

लण्डन । संयु्क्त अधिराज्य बेलायतको मध्यमूमि मिडल्याण्ड निवासी नेपालीहरुरुले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन समितिका संयोजकको व्यवहारलाई लिएर आफ्नो असन्तुष्टीहरु व्यक्त गरेका छन् ।

गत बुधबार जुलाई ७ मा मिडल्याण्ड निवासी नेपालीहरुका तर्फबाट संयोजक कृष्ण शर्मा र मिडल्याण्ड क्षेत्रबाट एनआरएनए यूकको चुनावमा भाग लिंदै गरेका उम्मेदवारहरुको तर्फबाट उपाध्यक्षका उम्मेदवार गोविन्द खरेलले एक विज्ञप्ति जारी गरेका हुन् ।

“लामो समयको अन्यौलताबीच एनआरएनए यूकेका निर्वाचन समितिका संयोजक महेन्द्र कँडेलले एकलौटी र एकपक्षीर सदस्यहरु राखी निर्वाचन समिति बनाएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ । निर्वाचनलाई निष्पक्ष र विस्वासिलो बनाउन निर्वाचन समितिका सदस्यहरु तटस्ठ र कुनै पनि गुटको समर्थनमा नदेखिएको हुन पर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

विवादित व्यक्तिहरुलाई सदस्य सचिव र सदस्यमा ल्याइएकोमा आपत्ति जनाउँदै उनीहरुले भनेका छन्, “एनआरएनए यूकेको आगामी निर्वाचन स्वच्छ, पारदर्शी एवं धाँधलीरहित हुने कुरामा हामी मिडल्याण्डबाट प्रत्यासी उम्मेदवारहरुलाई शंका लागेको हुँदा निर्वाचन प्रकृया सुरु हुनुपूर्व नै विवादित सदस्यहरुलाई हटाई तटस्थ व्यक्तिहरुलाई समेटी समिति बनाउन संयोजक महेन्द्र कंडेलज्यूलाई जोडदार माग गर्दछौं ।”

त्यस्तै गरी, उम्मेदवारहरु र आम एनआरएनए यूकेका मतदाताहरुलाई भरोसा नभएको निर्वाचन समिति बनाई निर्वाचन गराउन खोज्नु भनेको निर्वाचन नगराउने र संघलाई नै कमजोरी बनाउने चालबाजी हो भन्दै सहमतिका आधारमा चयन भएका कंडेलले कसैको प्रभावमा नपरी सबै नेपालीहरुको भावनालाई कदर गर्न र आफ्नो निर्णय सच्याउन मिडल्याण्डवासीहरुले विज्ञप्ति मार्फत माग गरेका छन् ।

प्रतिक्रिया