२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए बेल्जियमको उपाध्यक्षमा कासी दनै उत्रिए चुनावी मैदानमा

1832 Shares
Spread the love

बेल्जियम । एनआरएनए बेल्जियमको निर्वाचन नजिकिँदै जाँदा बेल्जियमको नेपाली समुदायका एक सक्रिय युवा कासी दनै पनि चुनावी मैदानमा उत्रिएका छन् ।

आगामी जुलाई २६ मा तय एनआरएनए बेल्जियम निर्वाचनमा दनैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए अभियानका अग्रज, सहकर्मी र शुभेच्छुक सबैको सुझावलाई मनन् गर्दै उपाध्यक्षको जिम्मेवारीका लागि अघि बढ्ने निष्कर्षमा पुगेको उनी बताउंछन् ।

एनआरएनए बेल्जियमको हाल युवा संयोजक रहेका कासी दनैले कार्यसमितिमा रहँदा संस्थाका हरेक अभियान र प्रोजेक्टमा सक्रियतापूर्वक खटिएका थिए।
बेल्जियममा हुने हरेकजसो नेपाली समुदाय लक्षित कार्यक्रमहरु सक्रिय भइ लागिरहेकाले पनि आफु आगाडी बढ्न उत्साह रहेको बताए।

उनी एनआरएनए अभियानमा लामो समयदेखिको निरन्तर आवद्ध छन । बिगत दुई दशकदेखि बेल्जियममा सपरिवार बसोबास गरिरहेका दनैले लकडाउनका समयमा आफूलाई फेरि निस्वार्थी सामाजिक अभियन्ताका रुपमा प्रमाणित गरेर विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गरेका थिए । उनले आफ्नो कार्यकालमा खेलकुदमा केहि टेवा दिएको र कोरानाले गर्दा संकटमा परेका नेपाली समुदायलाई राहत वितरण गर्दै आएका छन्।

कलिलै उमेरमा सक्रिय सामाजिक अभियन्ताको छवि बनाएका उनले अन्य कयौं संघसंस्थामा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । हाल उनि नेपाल ब्यबसायी संघ बेल्जियमको कोषाध्यक्षको रुपमा कार्यरत छन् ।

उपाध्यक्ष उम्मेदवारको रुपमा अघि बढेका कसीले धेरै महत्वाकांक्षी योजनाहरु बनाएका छैनन्, युवा वर्ग, खेलकुद, ब्यबसायीहरुलाई विभिन्न योजना बद्द प्रोजेक्टको विस्तार तथा सामुहिक पहल गर्ने प्रतिबदता गरेका छन्। दनै भन्छन्, ‘संस्थाको पद त केवल प्लेटफर्म हो । त्यसैलाई उपयोग गरेर जति सकिन्छ, कामै गरेर देखाउने हो ।’

एनआरएन बेल्जियमलाई एकताबद्ध, सशक्त र मजबुद बनाउन र बेल्जियममा रहेका नेपाली हरुको सुखदुखमा दरिलो साथी बनाउनका लागि आफु संस्थामा आउन चाहेको उनको भनाइ छ । “नेपालीका लागि नेपाली” भन्ने मूल नारालाईपूर्णता दिलाउन र नेपाली समुदायकै हक, हित र अधिकार प्राप्तिको लागि भरमग्दुर प्रयास गर्नका लागि र नयां पुस्तालाई एनआरएन अभियानप्रतिआकर्षित गर्न गैर आवासीय नेपाली संघ (एनआरएन) बेल्जियमको उपाध्यक्ष पदमा उमेदवारी रहेको उनको दाबि छ ।

युवा संयोजक दनै आफ्नो पेशा, समाजसेवाका अलावा उनी विभिन्न व्यापार-व्यवसायमा पनि संलग्न छन् ।

उनका प्रतिबदताहरु:-
१) एनआरएनए मा युवाहरुको अधिकतम उपस्थिति गराउन पहल गरि सस्थामा हुने राजनितिक हस्तक्षेप रोक्न जोडदार पहल गर्ने।

२) “नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन र नेपाली समुदायकै हक हित र अधिकार प्राप्तिका लागि निर्णयात्मक भूमिका खेल्ने।

३) नेपाली भाषा,साहित्य,कला र संस्कृतिको साथै पर्यटन प्रबन्ध विकासको प्रचार प्रसारका लागि समुदाय र नेपाली राजदूतावास संघ मिलेर प्रभावकारी अभियान चलाउन पहल गर्ने।

४) अन्तर्राष्ट्रिय समन्वय परिषदले सुरुवात गरेको दिगो लगानी तथा ठुला परियोजनामा सम्पूर्ण पंजीकृत सदस्यहरुले आफ्नो इच्छा अनुरुप लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने।

५) स्मार्ट एनआरएनए अभियानलाई अझै मुर्त रुपमा ल्याउन र आवस्यक डाटा सुरक्षा प्रणाली लाई सुद्रिदिकरण गर्न पहल गर्ने।

प्रतिक्रिया