२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए अमेरिकाको साधारणसभा सम्पन्न, अध्यक्ष सुबेदी नेतृत्वको सपथ ग्रहण

804 Shares
Spread the love

अमेरिका । गैरआवासीय नेपाली नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औं साधारणसभा जुलाई ३-४, २०२१ न्यूयोर्कको शेराटन होटलमा सम्पन्न भएको छ।पहिलो दिन उद्घाटन सत्र अमेरिकाका लागि नेपालका महामहिम राजदूत डा युवराज खतिवडाले प्रमुख अतिथिको आशनबाट एनआरएनए एनसीसी अमेरिकाको १० औं साधारणसभा सुरु भएको घोषणा गर्दै कार्यक्रम अगाडि बढाउनु भएको थियो।

उद्घाटन मन्तब्यमा महामाहिम डा खतिवडाले एनआरएनए एनसीसी अमेरिकाको सुरुवातको बेला अधिवेशन गर्नेबेला आफू सहसंयोजक रहेको खुलासा गर्दै आफूले छोटो समयमा पनि एनसीसी अमेरिकासँग भएको सुमधुर संबन्धले आफू खुशी रहेको कुरा बताउनुभयो। त्यसैगरी पहिला अमेरिकनहरु नेपालमा काम गर्न जानुहुन्थ्यो अहिले नेपाली मुलका पहिलो जेनेरेशन नै यहाँको राजनीतिमा सफल भएको देख्दा आफू खुसी भएको बताउनुभयो। अन्तमा ब्रेन गेन र अन्य थुप्रै कुराहरु राखेर साधारणसभा सफलताको शुभकामना दिनुभयो।

साधारणसभामा एनआरएनए अन्तराष्ट्रिय परिषदका उपाध्यक्षहरु डा बद्रि के सी, सोनाम लामा, रबिना थापा र सचिव गौरी जोशी, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, उपसंयोजक राम पोख्रेल, महिला संयोजक उमा थापाले शुभकामान मन्तब्य राख्नुभयो।

शुभकामान मन्तब्य राख्नुहुनेहरुमा मेरिल्याण्ड हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, एनआरएनए एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा केशब पौडेल, पूर्व अध्यक्ष तथा संरक्षक खगेन्द्र जिसी, निर्वाचनका उपविजेताहरु समेतले शुभकामना मन्तब्य राख्दै पहिलो शेशन सम्पन्न भएको थियो।

दोश्रो सेशनमा निर्वाचित भएका ५० मध्ये २९ राज्य च्याप्टरबाट निर्वाचित निर्वाचित एनसीसी कार्यसमितिलाइ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त विश्वो बरालले सपथ ग्रहण तथा पदभार ग्रहण गराउनु भएको थियो। सो अबसरमा निर्वाचन आयोगका आयुक्तहरु बाशु फुलारा, शिव पौडेल, कुलमणी आचार्य र गोविन्द श्रेष्ठ समेत उपस्थ्ति हुनुहुन्थ्यो।

भएका ५० मध्ये २९ राज्य च्याप्टरबाट निर्वाचित र आउट गोइन सबैजसो, प्रमुख संरक्षक तथा संरक्षकहरु, एनआरएनए एनसीसी अमेरिकाको आउट गोइन र निर्वाचित कार्यसमिति, पंजीकृत सदस्य तथा प्रतिनिधि, पत्रकार र संचारकर्मी, संघ-सँस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

त्यसैगरी भर्खरै तेश्रो पटक पुनर्बहाल भएको नेपाली जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द बिष्ट, बरिष्ठ उपाध्यक्ष धनन्जय नर्सिङ केसी, महासचिव मुनिन्द्र नेम्बाङ्ग लगायत अरु थुप्रैको उपस्थिति रहेको थियो।

जुलाई ४, २०२१ नयाँ कार्यसमितिको बैठक बस्नेत, प्रवक्ता, सल्लाहकार लगायतको मनोनयन, योजना तर्जुमा लगायतको कुरामा निर्णय गर्ने भएको छ। जुलाई २ को राज्य च्याप्टर नाइटमा नै नयाँ कार्यसमितिले आफ्नो भवन बनाउन फण्ड रेज सुरु गरेको छ।

कार्यक्रमको अन्तमा सपथ ग्रहण गर्न नदिने भन्ने किचलो निवर्तमान अध्यक्ष सुनील साह, महासचिव पशुपति पाण्डेले कार्यक्रम नै अपारदर्शी रुपमा लग्नुभयो। आफैंले आफ्नै बखान गरेर महाहिम राजदूतको हातबाट आफैंले निर्णय गरेको कार्यसमितिको प्रसंसा पत्र लिनुभयो। अन्तमा सपथ ग्रहण गर्न अधिवेशनका कन्भेनर तथा निवर्तमान उपाध्यक्ष बिआर लामाले स्टेजमा निर्वाचन आयोगलाइ बोलाएपछि निवर्तमान अध्यक्ष सुनिल साहले सपथ ग्रहण गर्न नदिने घोषणा गर्नुभयो।

त्यसपछि उहाँलाइ बिरोध गर्दै हल्ला सुरु भयो, अन्तराष्ट्रिय परिषद सचिव गौरी जोशीले पनि सपथ ग्रहण हुन नदिन जोड र दलबललाइ स्टेजमा बोलाएर तताउने काम गर्नुभएको भिडियो देख्न सकिन्छ। यतिमात्र होइन स्थिति साम्य पार्न स्टेजमा पुग्नुभएका पुर्व अध्यक्ष डा केशब पौडेल, खगेन्द्र जीसी, क्षेत्रीय उपसंयोजक राम पोख्रेल, संयोजक राजन त्रिपाठी र अन्तराष्ट्रिय उपाध्यक्ष सोनाम लामाले पनि स्थिति सामय पार्न सहयोग गर्नुभयो।

तर सचिव जोशीले उपाध्यक्ष लामालाइ समातेर तल लगेर हल्ला गर्नेलाई हौसला गर्न स्टेजमा बोलाएको भिडियोमा स्पष्ट देख्न सकिन्छ। अन्तराष्ट्रिय परिषद सदस्य होम गौतम पनि नाराबाजी गर्न स्टेजमा गएको देखियो, आइसिस सदस्य प्रमोद सिटौलाले बरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थलाइ सपथ ग्रहण गर्न जान रोक्नु भएको भिडियोमा देख्न सकिन्छ। यसका अलावा प्रवासी मंच अमेरिकाका अध्यक्ष प्रभु थापा, आइसिसी सदस्य पुरुषोत्तम बोहोराले पनि स्थिति चर्काउन रोल गरेको भिडियोमा देखिन्छ।

अन्तमा सबै स्थिति शान्त भएर अध्यक्ष बुद्धि सुबेदीलाइ निर्वाचन आयोगका प्रमुख आयुक्त विश्व बरालले सपथ ग्रहण गराएर प्रमाण पत्र प्रदान गर्दै पदभार ग्रहण गराउनु भयो। साथै उहाँले निर्वाचनको सबै प्रक्रिया सम्पन्न भएकाले उपरान्त २०१९ को कार्य समिति निवर्तमान भएको घोषणा पनि गर्नुभयो।

यो सबै घटनाले संसारमा एनसीसी अमेरिकाको नै बेइजत भएको, त्यसलाई आधिकारिक रुपमा लेख्नु परेकाले म, कृष्ण के सी आफू क्षमा प्रार्थी छु। उपरान्त यस्तो खाले घटना कतै पनि नहोस !

प्रतिक्रिया