२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

कि.रा.चा.खा .यूकेद्वारा साकेला उभौलिको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

1705 Shares
Spread the love

लण्डन । किरात राई चाम्लिङ खाम्बातिम वेलायतले साकेला उभौली यले संम्वत ५०८१ को उपलक्ष्यमा विभिन्न देशमा रहेका किराती समुदाय र अन्य संघ संस्थाहरूसंग भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम गत आईतबार २७ जुलाई २०२१ मा सम्पन्न गरेका छन ।

किरात राईहरुको महान चाडको रूपमा मनाइने साकेला उभोली कोभिड-१९ को विषम परिस्थितिको कारण भर्चुअल माध्यमद्वारा शुभकामना आदान-प्रदान गर्दै सबैले आ-आफ्नो घरमा रहि मनाइएको किरात राई चाम्लिङ खाम्बातिम का अध्यक्ष श्री भाग्यवती राईले बताए। प्रकृति पुजक किराती समुदायले प्रत्येक बर्ष साकेला उभौली भव्यताकासाथ मनाउने गर्दछ।सबैजाना भेला हुने र बिभिन्न खाले शाकेला सिल्ली नाच्ने र गाउने गर्दछ र सोही अवसरमा आफ्नो तीन चुला पुज्ने र आफ्नो पुर्खाहरूसंग आसिर्वाद माङ्ने पनि गरिन्छ। परम्परागत बिधि अनुसार साकेला उभौलीको सुरूवात किराती धामि (नछोङ,माङपा ) ले सुरू गरेर अन्त्य गर्ने गर्दछ। एउटै समुदायमा बिभिन्न भाषा भएका एक पृथक साथै धेरै भाषा बोल्ने र भाषाको खानिको रूपमा परिचित एक मौलिक समुदाय साथै मानव सभ्यताको बिकासको धरोहर को रूपमा पनि परिचित छन।

उक्त भर्चुअल कार्यक्रममा किरात राई चाम्लिङ खाम्बातिम यू के को अध्यक्ष भाग्यवती राईको अध्यक्ष्यतामा प्रमुख अतिथी चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमिती नेपालका अध्यक्ष श्री युवराज राई को आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमा कि.रा.चा.यूके का उपाध्यक्ष श्री किन्दरमान राई ज्यूले स्वागत मन्तव्य दिनुभएको थियो भने विशेष अतिथीहरू किरात राई यायोक्खा नेपालको अध्यक्ष श्री दिवस राई, महासचिब श्री जनक राई, आदिवासी जनजाती महासंग यू. के. का अध्यक्ष श्री कर्म पहाडी शेर्पा,आदिवासी जनजाती महिला महासंग यू के का अध्यक्ष श्री शान्तकला राई, कि. रा. या. यू के का अध्यक्ष श्री कल्पना राई, कि. रा. चा. खा. नेपालका पुर्ब अध्यक्ष श्री बागधन राई, मीडिया को अर्डिनेटर तथा लीगल एड्भाइजर युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरीका का सल्लाहकार श्री शुरेश चाम्लिङ राई उपस्थित थिए ।

यसैगरी अथितिहरूमा किरात राई कोयी यू के अध्यक्ष डा. प्रमोद कोयी राई, किरात राई पुमा यू के गणेश राई, किरात राई बाहिङ यू के श्री राम बहादुर राई, भाषिक संगठन किरात राई खालिङ यू के श्री पुर्ण बहादुर राई, भाषिक संगठन किरात राई मेवाहाङ यू के श्री ध्यान बहादुर राई, मुन्धुम तथा भाषाविद श्री गडुलमान राई, मुन्दुवविद् बयानसिंग राई, मुन्दुम अध्यता पि.एच.डी. चाम्लिङ भाषा श्री भगिराज राई, बरिष्ट गायक,संगितकार तथा मुन्दुम अध्यान केन्द्रका अध्यक्ष श्री जितने राई, पि एच डी स्कलर सुप्तुलुङ् शान्ति देबी राई, संस्कार संस्कृति विद जितराज राई ,ङामे च्युमे महिला चा खा नेपालको सचिब श्री आनन्दकला राई, ङामे च्युमे चा खा नेपाल अध्यक्ष श्री पदम कुमारी राई, अधिवक्ता तथा संविधान मस्यौदा समितिका सदस्य श्री शान्ति कुमारी राई भाषिक किरात राई साम्पाङ उपाध्यक्ष भबिन साम्पाङ राई, जनजाती महिला संगका पुर्ब अध्यक्ष तथा जनजाती महासंग का सचिब श्री बिमला कुमारी राई साथै कि. रा. चा. खा. यूके का कार्यसमिती सल्हाकारहरू,चेरेपा लगायातको बाक्लो उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा यूकेमा रहेका नयाँ पुस्ताहरूलाई महिनाको दुईपटक चाम्लिङ भाषा तथा संस्कार संस्कृति प्रशिक्षण गरिएको जानकारी सहित बिध्यार्थीहरू कामना राई र नयन राई ले चाम्लिङ भाषामा आफ्नो परिचय दिदै पारिवार र आफन्तहरूको बारे जानकारी दिएका थिए। कार्यक्रमा उपस्थित सबैले साकेला उभौलीको शुभकामना दिदै भौगोलिक रूपमा जहाँ रहेपनी आफ्नो भाषा, संस्कार र सँस्कृतिको जगेर्णा गर्नु सबै भाषिकराईहरू एकजुट भइ सहकार्य गर्र्दै भाषा, संस्कार र संस्कृतिको बिकास गर्नु पर्नेमा जोड दिएका थिए साथै नयाँ पुस्ताहरू लाइ पनि भाषा संस्कार संकृतीमा बिकास गर्न सबै लागि पर्नु पर्ने सुझाबहरू दिएका थिए। कार्यक्रमको अनत्यमा किरात राई चाम्लिङ खाम्बातिम यूके का अध्यक्ष श्री भाग्यवती राईले प्रमुख अतिथी लगायत सहभागि सबै अतिथीहरूलाइ धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए।

प्रतिक्रिया