२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएन यूकेको चुनावमा प्रेम गाहा मगरसँग सहकार्य गर्ने मिडल्याण्डवासीको निर्णय

1426 Shares
Spread the love

लण्डन । एनआरएन युकेको जुलाई ३१ तारिख हुने अधिवेशनमा मिडल्याण्ड क्षेत्रका बिभिन्न पदका प्रत्यासीहरूले अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगरको समाोवेशी टीमसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

एनआरएन युके मिडल्याण्ड प्रतिनिधि मण्डलको आज जुमबाट बसेको बैठकले उक्त निर्णय गरेको प्रतिनिधि मण्डलका संयोजक कृष्ण शर्माले जानकारी दिए ।

यही जुन २३ तारिख साझा नेपाली समाजको पहलमा एनआरएनए मिडल्याण्ड क्षेत्रका अभियन्ताहरू ,बिभिन्न समाजका प्रतिनिधिहरू, साझाका पूर्व अध्यक्षहरू एवं पदाधिकारीहरू र प्रत्यासी उम्मेदवारीहरूको भेलाले साझा नेपाली समाजका वर्तमान अध्यक्ष कृष्ण शर्माके संयोजकमा एनआरएन युकेको आगामी अधिवेशनमा र निर्वाचनका लागि आवश्यक निर्णय लिन एक अधिकार सम्पन्न प्रतिनिधि मण्डल गठन गरेको थियो ।

उक्त एनआरएन युके मिडल्याण्ड प्रतिनिधि मण्डलका सदस्यहरूमा एनआरएनए आईसीसी सदस्य दयानिधि सापकोटा, आईसीसी मानार्थ सदस्य रण बहादुर केसी, एनआरएनए यूके सचिव कोशलेश्वर ढकाल, एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद सचिव गोबिन्द शर्मा खरेल, एनआरएनए यूके पूर्व सदस्य पवन शर्मा रहेका छन् ।

एनआरएन युकेको २०२१- २०२३ को कार्यसमितिका लागि वर्तमान एनआरएन युकेका कार्यसमितिका उपाध्यझ प्रेम गाहा मगर, रोजिना प्रधान राई र ईन्ल्याण्ड राज्यपरिषदका दिपक श्रेष्ठ प्रत्यासी रहेका छन् । यही जुलाई ३१ तारिख हुने अधिवेशनका लागि निर्वाचन संयोजक महेन्द्र कणेललाई तोकिए पनि निर्वाचन समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

अहिलेसम्म अन्य प्रत्यासीहरूले भन्दा धेरै सदस्यहरू बनाएर आगाडि रहेका गाहा मगर मिडल्याण्डको आजको निर्णयले अझ बलियो भएका छन् ।विगतका एनआरएन युकेको निर्वाचनहरूमा मिडल्याण्डको निर्णयले हलचल ल्याए जस्तै सुस्ताएको बेलायतको एनआरएन निर्वाचन गतिविधिले अब अर्कै मोड लिने देखिन्छ ।

प्रतिक्रिया