२०८३, १ मंसिर सोमबार
×

उपत्यकामा निषेधाज्ञा एकसाता थपियो, निजी सवारीमा जोर बिजोर प्रणालीमा चल्ने

22382 Shares

काठमाडौँ– काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एकसाता थपिएको छ ।

आइतबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।

थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।

प्रतिक्रिया